Kathmandu Press

सुनको मूल्यमा वृद्धि 

काठमाडौं, असार १४ : कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ। 

सुनको मूल्यमा वृद्धि 

काठमाडौं, असार १४ : कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ। 

आइतबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको छ। एक तोला चाँदीको मूल्य ९ सय ४५ रुपैयाँ तोकिएको छ।

कोभिड–१९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो।  

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्