Kathmandu Press

लकडाउननले रोकिएको भुनव ढुंगानाको ‘परित्यक्ता’ बजारमा

काठमाडौं, असार १४ : लकडाउनका कारण रोकिएको पुस्तक ‘परित्यक्ता’ बजारमा आएको छ।

पब्लिकेसन नेपालयले साहित्यकार भुवन ढुंगानाको परित्य....

लकडाउननले रोकिएको भुनव ढुंगानाको ‘परित्यक्ता’ बजारमा

काठमाडौं, असार १४ : लकडाउनका कारण रोकिएको पुस्तक ‘परित्यक्ता’ बजारमा आएको छ।

पब्लिकेसन नेपालयले साहित्यकार भुवन ढुंगानाको परित्यक्तालाई बजारमा ल्याएको हो। लकडाउनका कारण यो पुस्तकको सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो।

Hardik ivf

‘बजार केही खुकुलो भएसँगै, केही चहलपहल हुनु स्वभाविक हो, त्यसैले हाम्रा प्रकाशित पुस्तकबारे प्रसस्त जिज्ञासाहरू आइरहेका छन्। अहिले व्याप्त एक्लो बसाइले पाठकमा पढ्ने भोक पनि अवस्यै बढेको हुनुपर्छ,’ पब्लिकेसन नेपालयकी सैजन मास्केले भनिन्,  ‘त्यसैले लकडाउनपछिको पहिलो चरणमा हामीले ‘परित्यक्ता’ पुस्तकलाई बजारमा वितरण गर्ने निर्णय गरेका छौं। यो किताब गतवर्ष नै प्रकाशित भएको हो, तर माहामारीका कारणले सार्वजनिक हुन पाएको थिएन।’

परित्यक्ता एकालाप शैलीमा लेखिएको कृति हो। यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ। जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे।

यो साहित्यकार ढुंगानाको यो पहिलो उपन्यास हो। ढुंगानाले विश्वभारती महाविद्यालयबाट शास्त्रीय नृत्यमा स्तानक तथा त्रिभुवन विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन्। उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’  कथा सँग्रहहरू प्रकाशित छन्।

‘केही समय विलम्ब भए पनि अब पुस्तक पाठकका हातमा जाने कुराले औधी खुशी भएकी छु,’ लेखक ढुंगानाले भनिन्, ‘जब तपाईं कुनै कृतिलाई सृजना गर्नुहुन्छ, त्यो कृति पाठकको हातमा पुगेपछि मात्र जीवन्त बन्छ भन्ने अनुभूति लेखकलाई भएको हुन्छ त्यसैले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियामा संलग्न लेखकलाई पुस्तकको पूर्ण रुप पाठकको हातमा पुगेको देख्दा उच्चतम आनन्द प्राप्त हुन्छ।’

यो पुस्तकले नेपाली समाजमा व्याप्त पहिचान र लिंगबारे विद्यमान तर्कको सम्वादमा नयाँ आयाम थप्ने उनको विश्वास छ। ढुंगानाको पुस्तकले लिंगको निर्धारित भूमिकाभन्दा माथि उठेर उत्पन्न हुने वैयक्तिक अस्तित्वमाथिको ध्यानलाई उजागर गरेको पब्लिकेसन नेपालयकी सम्पादक भूषिता वशिष्ठले बताइन्। ‘यो संक्षिप्त कृतिले अंगालेको गेयात्मक कथ्य शैलीले नेपाली साहित्यिक जगतलाई नौलो पनको अनुभूति प्रदान गर्नेछ,‘ उनले भनिन्।

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, असार १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्