अभिनेत्री सुष्मिताको कमब्याकलाई सलमानको स्वागत
काठमाडौं, असार १४ : बलिउड अभिनेत्री सुष्मिता सेन नयाँ वेबसिरिज ‘आर्या’मार्फत कमब्याक गरेकी छिन्। उनको अभिनयको धेरैले खुलेर प्रशंसा गरेका छ....

काठमाडौं, असार १४ : बलिउड अभिनेत्री सुष्मिता सेन नयाँ वेबसिरिज ‘आर्या’मार्फत कमब्याक गरेकी छिन्। उनको अभिनयको धेरैले खुलेर प्रशंसा गरेका छन्।
सुष्मिताको प्रशंसा गर्नेमा बलिउड अभिनेता सलमान खान पनि छन्। सलमानले सुष्मिता र आर्या वेबसिरिजलाई स्वागत गर्दै सुष्मिताको डाइलगबाट प्रभावित बनेको बताएका छन्।
सुष्मिताले पनि दर्शकबाट पाएको माया र सकारात्मक समीक्षाका लागि सबैलाई धन्यबाद दिएकी छन्। उनले सलमानलाई सम्बोधन गर्दै भनेकी छिन्, ‘यो माया र तारिफका लागि धन्यबाद सलमान। म तिमिलाई माया गर्छु।’
प्रकाशित मिति: १२:०२ बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












