Kathmandu Press

अभिनेत्री ऋचा शर्माले ल्याइन् ‘चलचित्र टिभी’ एप

काठमाडौं, असार १४ : अभिनेत्री ऋचा शर्माले ‘चलचित्र टिभी’ नामक एप ल्याएकी छन्। जसमा नयाँ तथा पुराना नेपाली फिल्म हेर्न सकिने भएको छ।

....
अभिनेत्री ऋचा शर्माले ल्याइन् ‘चलचित्र टिभी’ एप

काठमाडौं, असार १४ : अभिनेत्री ऋचा शर्माले ‘चलचित्र टिभी’ नामक एप ल्याएकी छन्। जसमा नयाँ तथा पुराना नेपाली फिल्म हेर्न सकिने भएको छ।

यो एप एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिनेछ। यसमा स्वदेश तथा विदेशमा सजिलैसँगै नेपाली फिल्म हेर्न सकिनेछ।

Hardik ivf

अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर यो एप सञ्चालनमा ल्याएको उनले बताएकी छन्। सुरुआतमा दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ र ‘छक्का पन्जा–३’ राखेकी छन्।

कोरोना संक्रमण र लामो समयसम्मको लकडाउनले नेपाली चलचित्रलाई धरासायी बनाएको छ। यस्तो अवस्थामा निर्माता तथा निर्देशकहरु पनि डिजिटल प्लेटफर्म खोजिरहेको समयमा यो एपले सहजीकरण बनाउन सहयोग गर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, असार १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्