Kathmandu Press

म्यानचेस्टर युनाइटेड एफ.ए कप फुटबलको सेमिफाइनलमा 

काठमाडौं, असार १४ : नरिच सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफ.ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनल खेलमा ....

म्यानचेस्टर युनाइटेड एफ.ए कप फुटबलको सेमिफाइनलमा 

काठमाडौं, असार १४ : नरिच सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफ.ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले नरिचलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्‍यो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा कप्तान ह्यारी मग्वायरले एक गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए । यसअघि निर्धारित समयमा म्यान्चेस्टर युनाईटेडका ओडन इघालो र नरिच सिटीका कान्टवेलले एक एक गोल गरेका थिए ।

जितसँगै म्यान्चेस्टर युनाइटेड कीर्तिमानी ३० औं पटक एफ.ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

प्रकाशित मिति: ०८:११ बजे, आइतबार, असार १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्