Kathmandu Press

रसुवामा ९ जनामा कोरोनाको संक्रमण पुष्टि

रसुवा, असार १३ : रसुवामा ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

शनिबार गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका....

रसुवामा ९ जनामा कोरोनाको संक्रमण पुष्टि

रसुवा, असार १३ : रसुवामा ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

शनिबार गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये ८ महिला र एक पुरुष रहेका छन्। 

संक्रमितहरु ७ जना कुवेतबाट र दुई जना भारतबाट आएको खुलेको छ। रसुवामा संक्रमित भेटिएसँगै ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ३ सय ९ पुगेको छ। संक्रमितमध्ये हालसम्म २८ सय ३४ जना निको भएर घर फर्किएका छन्।


 

प्रकाशित मिति: १८:१० बजे, शनिबार, असार १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्