Kathmandu Press

होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

प्युठान, असार १३ :  प्युठानको झिमरुक गाउँपालिका–२ मा होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेश....

होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ
सांकेतिक

प्युठान, असार १३ :  प्युठानको झिमरुक गाउँपालिका–२ मा होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए। 
 
गत जेठ २१ गते भारतबाट आएर वडा नम्बर–२ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी  गरिएको थियो। आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टिनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो। उनको मृत्युपछि पीसीआर जाँचका लागि स्वाब पठाइएको थियो।  

बालिका मिर्गौला र रक्त अर्बुदरोगको बिरामी थिइन्। रासस

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, असार १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्