नेकपा स्थायी कमिटीको बैठक असार १६ गतेसम्मका लागि स्थगित
काठमाडौं, असार १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ।
शनिबार बालुवाटारमा बसेको बैठक....

काठमाडौं, असार १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ।
शनिबार बालुवाटारमा बसेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको जारी बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए।
‘भोलि मदन जयन्ती र पर्सी असार १५ मा नेताहरु व्यस्त हुनुहुन्छ। त्यसैले असार १६ गते बिहान ११ बजे फेरि बस्ने गरी बैठक स्थगित गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने।
शनिबारको बैठकमा २१ जनाले आ-आफ्नो धारणा राखेका थिए। बैठकमा नेपालकाे सीमा समस्या र समाधानबारे देवेन्द्र पाैडेल, रघुबीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पाेखरेल, टाेपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गाैतम, याेगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पाेखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले धारणा राखेका थिए।









-1792413548.jpeg)

