Kathmandu Press

काठमाडौं उपत्यकामा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १३ : काठमाडौं र भक्तपुरमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ....

काठमाडौं उपत्यकामा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १३ : काठमाडौं र भक्तपुरमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं र भक्तपुरका थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

संक्रमण पुष्टि भएकाहरु काठमाडौंका एक महिला र तीन पुरूष तथा भक्तपुरका एक जना पुरूष रहेका छन्। 

शनिबार देशभर ५५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ३ सय ९ पुगेको छ।

संक्रमितमध्ये हालसम्म २८ सय ३४ जना निको भएर घर फर्किएका छन् भने २८ जनाको संक्रमणबाट मृत्यु भएको छ।

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, असार १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्