Kathmandu Press

नेपालमा ७७ वटै जिल्लामा फैलियो कोरोनाको संक्रमण 

काठमाडौं, असार १३ : नेपालमा कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। 

शनिबार रसुवामा संक्रमित भेटिएपछि नेपालका ७७ वटै जिल....

नेपालमा ७७ वटै जिल्लामा फैलियो कोरोनाको संक्रमण 

काठमाडौं, असार १३ : नेपालमा कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। 

शनिबार रसुवामा संक्रमित भेटिएपछि नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शनिबारमात्रै देशभर ५५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ३ सय ९ पुगेको छ। संक्रमितमध्ये हालसम्म २८ सय ३४ जना निको भएर घर फर्किएका छन् भने २८ जनाको संक्रमणबाट मृत्यु भएको छ।

प्रकाशित मिति: १६:३५ बजे, शनिबार, असार १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्