बाँके र बर्दियामा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि
नेपालगञ्ज, असार १३ : बाँके र बर्दियामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार भेरी अस्पतालमा गरिएको परीक्षणमा बा....

नेपालगञ्ज, असार १३ : बाँके र बर्दियामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके दुई र बर्दियामा चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु बाँकेको कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका एक–एक जना पुरुष, बर्दियाको मधुवन नगरपालिकाका दुई पुरुष, ठाकुरबाबा नगरपालिकाका एक महिला र गेरुवा गाउँपालिकाका एक जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ३ सय ९ पुगेको छ। संक्रमितमध्ये हालसम्म २८ सय ३४ जना निको भएर घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२८ बजे, शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

