Kathmandu Press

राखेपका पूर्व सदस्य-सचिव सिंहको निधन

काठमाडौं, असार १३ :  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधन भएको छ।

सिंहको गएराति छाउनीस्....

राखेपका पूर्व सदस्य-सचिव सिंहको निधन

काठमाडौं, असार १३ :  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधन भएको छ।

सिंहको गएराति छाउनीस्थित निवासमा ८८ वर्षको उमेरमा निधन भएको उनका नाती सुशील मल्लले जनाएका छन्। सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए। स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन्। उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए।

सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ। स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन्। राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, असार १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्