Kathmandu Press

पर्सामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि

वीरगञ्ज, असार १३ : पर्सामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक ....

पर्सामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि

वीरगञ्ज, असार १३ : पर्सामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। उनीहरु दुवै जना वीरगञ्जको कुमु होटलमा क्वारेन्टाइनमा बसेका थिए।

गत असार ४ गते दिल्लीबाट नेपाल आएका उनीहरु आफैँ होटलमा गएर पेड क्वारेन्टाइनमा बसेका थिए। योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ। 

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, असार १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्