नेकपा सचिवालय बैठकमा केहीबेर बसेर निस्किए प्रधानमन्त्री
काठमाडौं, असार १३ : नेकपा सचिवालय बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आजको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बसेर न....

काठमाडौं, असार १३ : नेकपा सचिवालय बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आजको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बसेर निस्किएका छन्।
प्रधानमन्त्री ओली शुक्रबारको सचिवालय बैठकमा उपस्थित भएका थिएनन्। उनी नआएपछि सचिवालय सदस्यले आलोचना गरेका थिए।
आज भने बैठक सुरु हुने वेला आएका थिए। केहीबेर बसेर निस्किएको एक सचिवालय सदस्यले बताए।
प्रधानमन्त्री ओली निस्किएपछि सचिवालय सदस्यले बोल्न खोजेका थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यका कारण बस्न नसकेको जानकारी दिएका थिए।
पहिलो दिनको बैठकमा भने प्रधानमन्त्री ओली उपस्थित थिए। उनले र अर्का अध्यक्ष प्रचण्डले मन्तव्य राखेका थिए। प्रधानमन्त्री ओलीले सरकारका उपलब्धि सुनाउन थालेपछि वरिष्ठ नेता माधवकुमार नेपालबीचमै बोलेका थिए। दुवै नेताबीच घोचपेच भएको थियो।
नेकपाको सचिवालय बैठकमा ६ वटा एजेन्डा तय भएका छन्। जसमा अमेरिकी सहयोग एमसीसीलगायतका विषय छन्।
शुक्रबारको बैठकमा सीमा विवादका विषयमा छलफल भएको थियो। सचिवालय सदस्यले सीमा विवादकै विषयमा बोलेका थिए।











