Kathmandu Press

१२ महिने बालकसहित एउटै गाउँपालिकामा १९ जनालाई कोरोना

स्याङ्जा, असार १३ : आज बिहान स्याङ्जाको एउटै गाउँपालिकामा १२ महिने बालकसहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पोखरास्थित गण्डकी....

१२ महिने बालकसहित एउटै गाउँपालिकामा १९ जनालाई कोरोना

स्याङ्जा, असार १३ : आज बिहान स्याङ्जाको एउटै गाउँपालिकामा १२ महिने बालकसहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पोखरास्थित गण्डकी प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा स्यांजाको अर्जुनचौपारी गाउँपालिकामा १२ महिने बालकसहित १९ जनामा कोरोना संक्रमण देखिएको हो।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोदविन्दू शर्माका अनुसार, अर्जुनचौपारीका १३ पुरुष र ६ महिनामा कोरोना देखिएको हो। उनीहरु १२ महिने बालकदेखि ४१ वर्षसम्मका रहेका छन्। नौ, १०, १२ र १४ वर्षका बालबालिकालाई पनि कोरोना देखिएको छ।

उनीहरुसहित जिल्लाभर २२ जनामा कोरोना देखिएको हो। अन्य तीन जना पुतलीबजारको रहेको जनाएको छ।

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, असार १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्