भरतपुर अस्पतालमा कैलालीका कोरोना संक्रमितको मृत्यु
भरतपुर, असार १३ : चितवनको भरतपुर अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
शनिबर बिहान कैलालीको गोदावरी नगरपालिकास्थिल लालपुरक....

भरतपुर, असार १३ : चितवनको भरतपुर अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
शनिबर बिहान कैलालीको गोदावरी नगरपालिकास्थिल लालपुरका ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो। बिहान ७ बजे मृत्यु भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले बताए।
उनी केही दिनदेखि चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए। उनलाई फोक्सोको क्यान्सर रहेको थियो।
उनको बिहीबार कोरोना परीक्षण गरिएको थियो। राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो।
त्यसपछि चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट राति नै भरतपुर अस्पताल लगिएको थयो। उनको उपचारका क्रममै शनिबार बिहान मृत्यु भएको डा.अधिकारीले बताए।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। शुक्रबारसम्म कोरोनाबाट २७ जनाको मृत्यु भएको थियो।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको छ। संक्रमितमध्ये दुई हजार ६ सय ९८ जना निको भएका छन्।









-1792413548.jpeg)

