Kathmandu Press

रुपन्देहीमा रोकिराखेको ट्रकमा भ्यान ठोक्कियो, दुई जनाको मृत्यु

बुटवल, असार १३ : रुपन्देहीमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको रा....

रुपन्देहीमा रोकिराखेको ट्रकमा भ्यान ठोक्कियो, दुई जनाको मृत्यु
सांकेतिक

बुटवल, असार १३ : रुपन्देहीमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको रामनगरमा  रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति ठोक्किएको हो।

दुर्घटनामा भ्यानमा सवार  बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। भ्यानका चालक बुटवलका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन्। 

भ्यानमा सवार गुरुङको घटनास्थलमै र कँवारको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भ्यान र चालक दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: १०:१३ बजे, शनिबार, असार १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्