Kathmandu Press

बन्दाबन्दीमा उपभोक्तालाई ठग्ने अग्नि सिमेन्ट उद्योगसहित ६ उद्योगमाथि कारवाही

काठमाडाैं, असार १३ : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर अनुरुप उत्पादन नगर्ने ६ उद्योगलाई कानूनी कारवाही गरेको छ। 

विभ....

बन्दाबन्दीमा उपभोक्तालाई ठग्ने अग्नि सिमेन्ट उद्योगसहित ६ उद्योगमाथि कारवाही

काठमाडाैं, असार १३ : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर अनुरुप उत्पादन नगर्ने ६ उद्योगलाई कानूनी कारवाही गरेको छ। 

विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो।

विभागले शुक्रबार रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, एभरेष्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौँ, अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङलाई कारवाही गरेको हो। 

जसमा रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ। यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ। 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाल गुणस्तर मापदण्डअनुसार नरहेका उद्योगलाई नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही गरिएको जानकारी दिए। 

विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगी गर्ने उद्योग पहिचान गर्न केही दिन पहिला देशभरका झण्डै १०० उद्योगबाट नमूना संकलन लिएको थियो। रासस

प्रकाशित मिति: ०९:०० बजे, शनिबार, असार १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्