Kathmandu Press

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं, असार १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने क्रममा घुस माग गरेको अभियोगमा मुद्दा दायर गरेको छ।&....

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं, असार १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने क्रममा घुस माग गरेको अभियोगमा मुद्दा दायर गरेको छ। 

आयोगले सिन्धुली तिनपाटन गाँउपालिका–१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फामको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक वनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

जनकल्याण सामुदायिक वनका कोषाध्यक्ष मीनबहादुर घलेले तीन लाख रुपैयाँ र जनसेवा वैज्ञानिक वन व्यवस्थापन तीनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाले ३० हजार पाँच सय रुपैयाँ घुस लिएको पाइएको छ। उनीहरुलाई बिगो अनुसारको अभियोगमा आयोगले आज मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: १९:३८ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्