Kathmandu Press

महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, असार १२ : महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा ३० वर्षीय प्रहरी कर्मच....

महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, असार १२ : महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा ३० वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। 

बिदामा खोटाङ गएका उनी असार ७ गते काममा फर्किएको महाशाखाले जनाएको छ। 

उनमा कोरोना परीक्षण पोजिटिभ देखिएपछि महानगरीय परिसर भित्रकै २५ जनालाई ब्यारेकमा र अन्य पाँच जनालाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ। 

उनलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन कक्षमा राखिएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १९:०३ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्