Kathmandu Press

स्थायी समितिको आजको बैठक सीमा अतिक्रमणमा केन्द्रित : प्रवक्त्ता श्रेष्ठ

काठमाडौं, असार १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको स्थायी समिति बैठक भारतीय पक्षबाट भएको सीमा अतिक्रमणमै केन्द्रित भएको छ। समिति सदस्यले सरका....

स्थायी समितिको आजको बैठक सीमा अतिक्रमणमा केन्द्रित : प्रवक्त्ता श्रेष्ठ

काठमाडौं, असार १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको स्थायी समिति बैठक भारतीय पक्षबाट भएको सीमा अतिक्रमणमै केन्द्रित भएको छ। समिति सदस्यले सरकारले जारी गरेको लिम्पियाधुरा लिपुलेक र कालापानीसहितको भूमि कूटनीतिक माध्यमबाट फिर्ता ल्याउनका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन्। 

आज बोल्ने सबै स्थायी समिति सदस्यहरुले सीमामा देखिएका समस्यालाई तार्किक निश्कर्षमा पु¥याउने गरी कूटनीतिक पहल गर्न सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)ले तयार पारेको प्रतिवेद सार्वजनिक गर्न पनि माग गरिएको छ। 

प्रवक्ता श्रेष्ठका अनुसार आज बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बुधबारदेखि जारी स्थायी समितिको बैठकमा अधिकांश नेताहरु नयाँ नक्सा तथा सीमा अतिक्रमणका विषयमा बोल्ने क्रम जारी नै छ। विभिन्न ७ वटा एजेण्डामध्ये आज सीमा विवाद र समाधान शीर्षकमाथि स्थायी समतिका सदस्यहरुले धारणा राखेका थिए । 

आजको बैठकमा प्रवक्ता श्रेष्ठसहित स्थायी सदस्य देव गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भीम रावल, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, अमृत बोहारा, प्रदिप ज्ञवाली, लिलामणी पोखरेल, पम्फा भुसाल, बेदुराम भुसाल, मातृका यादव, रघुवीर महासेठ र केशब बडालले आफ्नो धारणा राखेका थिए । 

यही सात एजेन्डमाथि शनिबार पनि छलफल हुने भएको छ। बैठक शनिबार बिहान ११ बजे पुन : बालुवाटारमै बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्