Kathmandu Press

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १२ : कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेत प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास....

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १२ : कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेत प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये सुर्खेतका १२ जना, दैलेखका पाँचजना, सल्यानका  तीनजना, जाजरकोट र मुगु जिल्लाका एक–एकजना रहेका छन्।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला, काठमाडौं  र सुर्खेतका एक एक जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै  कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ३३ पुगेको छ।

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्