Kathmandu Press

मृतक सदाको परिवारलाई पाँचलाख सहयोग

जनकपुरधाम, असार १२ : प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प....

मृतक सदाको परिवारलाई पाँचलाख सहयोग

जनकपुरधाम, असार १२ : प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने जानकारी दिए। घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा दोषी देखिनेलाई कारवाही गरिने उनले बताए।

गत जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा गाउँकै क्वारेन्टाइनमा बसेका थिए। १७ दिनपछि क्वारेन्टाइनमै उनलाई झाडापखाला भएकोले टिप्परमा राखेर प्रादेशिक अस्पताल लगिएको थियो। प्रादेशिक असपतालमा कोरोना परीक्षणको लागि उनको स्वाब संकला गरिएपनि समयमै रिपोर्ट नआएका कारण झाडापाखालाले उनको सोमबार मृत्यु भयो।

प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमै उपचार नपाएर सदाको मृत्यु भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। समितिले सात दिनको म्याद पाएको छ। 

समितिको संयोजकमा स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह र सदस्यमा प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा नवल किशोर झा र मन्त्रालयका महाशाखा प्रमुख दिलीपकुमार प्रधान रहेका छन्।

प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्