Kathmandu Press

सीमा अतिक्रमणबारे भारतीय पक्ष वार्तामा बस्न मानेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, असार १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा अतिक्रमणबारे भारतीय पक्ष वार्ताम....

सीमा अतिक्रमणबारे भारतीय पक्ष वार्तामा बस्न मानेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, असार १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा अतिक्रमणबारे भारतीय पक्ष वार्तामा बस्न नमानेको बताएका छन्। उनले गत नोभेम्वर, डिसेम्बर र जनवरीमा तीन पटकसम्म पत्र पठाउँदा भारतीय पक्षले वार्तामा बस्न आनाकानी गरेको बताएका हुन्।

उनले चीनबाट पनि नेपाली भूमि मिचिएको भन्दै सञ्चारमाध्यममा आएका समाचार गलत भएको बताएका छन्।

बुधबारदेखि जारी स्थायी समितिको बैठकमा अधिकांश नेताहरु नयाँ नक्सा तथा सीमा अतिक्रमणका विषयमा बोलिरहेका छन्।

एक स्थायी समिति सदस्यका अनुसार बैठकमा नयाँ नक्सा जारी भएपनि कूटनीतिक तबरबाट भूमि फिर्ता ल्याउने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। अहिलेसम्म नेकपाका ११ जना स्थायी समिति सदस्यले आआफ्नो धारणा राखिसकेका छन्।

नेकपा स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार अहिलेसम्म पम्फा भुषाल, घनश्याम भुषाल, बेदुराम भुषाल, मात्रिकाप्रसाद यादव, रघुवीर महासेठ, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, अमृत बोहरालगायतले आफ्नो धारणा राखिसकेका छन्।

आजको बैठकमा भने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै स्थायी समितिको बैठक भएपनि उनी अनुपस्थित रहेका छन्।
 

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्