Kathmandu Press

सिन्धुलीको आइसोलेसनमा युवतीको मृत्यु, कोरोना परीक्षण गरिँदै

सिन्धुली, असार १२ : जिल्ला अस्पताल, सिन्धुलीको आइसोलेसनमा उपचाररत एक युवतीको मृत्यु भएको छ।

महोत्तरीको पाटुकी २१ वर्षीया युवतीको गएराति मृत्....

सिन्धुलीको आइसोलेसनमा युवतीको मृत्यु, कोरोना परीक्षण गरिँदै

सिन्धुली, असार १२ : जिल्ला अस्पताल, सिन्धुलीको आइसोलेसनमा उपचाररत एक युवतीको मृत्यु भएको छ।

महोत्तरीको पाटुकी २१ वर्षीया युवतीको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार आइसोलेसनमा भर्ना गरिएको थियो। उपचारका क्रममै मृत्यु भएका अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.प्रशन्न राजभण्डारीले बताए।

उनी असार ३ गते महोत्तरीबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका१, सिम्ले आएकी थिइन्। माइती घर आएकी उनलाई तीन-चार दिनदेखि ज्वरो आएको र स्वास फेर्न समस्या भएको थियो।

सयममा अस्पताल नल्याउँदा ज्यान जोगाउन नसकिएको डा.राजभण्डारीले बताए। 'गाउँमै जडिबुटी गरेछन्। अस्पताल ल्याउँदा ढिलो भइसकेको थियो,' उनले भने।

उनलाई कोरोनाको लक्षण देखिएकाले स्वाब संकलन गरिएको छ। परीक्षणका लागि हेटौडा पठाएको अस्पतालले जनाएको छ।

उनको शव अन्त्यष्टिका लागि परिवारजनको जिम्मा लगाएको छ। अन्त्यष्टि गर्ने जानेहरुलाई पनि अस्पतालले पीपीई उपलब्ध गराएको जनाएको छ। परिवारजनलाई क्वारेन्टाइनमा बस्न भनिएको डा.राजभण्डारीले बताए।

 

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्