लिभरपुलले प्रिमियर लिगको उपाधि जित्दा पारस खड्का दंग, यसरी व्यक्त गरे खुसी
काठमाडौं, असार १२ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का फुटबलका ठूला समर्थक हुन्। क्रिकेटका हस्ती खड्का फुटबललाई पनि औधी माया गर्छन....

काठमाडौं, असार १२ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का फुटबलका ठूला समर्थक हुन्। क्रिकेटका हस्ती खड्का फुटबललाई पनि औधी माया गर्छन्। उनी अन्तर्राष्ट्रिय फुटबलसँगै व्यवसायिक फुटबलका समेत पारखी हुन्। उनको मन पर्ने क्लब हो, इंग्ल्याण्डको लिभरपुल।
आज उनकै मनपर्ने क्लब लिभरपुलले प्रिमियर लिगेको उपाधि जितेको छ। लिभरपुलले लिगका सात खेल बाँकी छँदै उपाधि जितेको हो। बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई चौथो स्थानको चेल्सीले २–१ गोल अन्तरले हराएपछि लिभरपुलले उपाधि जितेको हो।
प्रिमियर लिगमा अब सात खेल बाँकी छन्। ३१ खेल खेल्दा लिभरपुलले ८६ अंक जोडेको छ भने समान खेलबाट दोस्रो स्थानको सिटीले ६३ अंक जोडेको छ।
लिभरपुलले लिग जित्दा विश्वभरका समर्थकले खुसियाली साटिरहेका छन्। नसाटुन पनि कसरी लिभपुलले १९९० पछि पहिलो पटक घरेलु लिगको उपाधि जितेको हो। त्यसैले त लिभरपुलका समर्थकको ३० वर्षदेखिको प्रतिक्षा समाप्त भएको छ। एउटा सपना साकार भएको छ।
यस्तै सपना पूर्वकप्तान खड्काको पनि थियो। ‘द रेड्स’ले उपाधि जितेको हेर्न उनी लालयित थिए, बिहीबार राति उनको सपना पुरा भयो। उनले आफ्नो खुसी लुकाउन सकेनन्। सामाजिक सञ्जालमार्फत उनले खुसी साटेका छन्। उनले ट्वीटरमा ३० वर्ष देखिको प्रतिक्षा समाप्त भएको बताएका छन्। ‘आज हामी सबैको ३० वर्षदेखिको प्रतिक्षा समाप्त भएको छ। यो एक अविश्वसनिय यात्रा हो, आउने दिनमा पनि यो जारी रहने विश्वास छ,’ उनले भनेका छन्, ‘नेपाली फुटबलको घरमा हामी आउने दिनमा फुटबलको शानदार उत्सव मनाउने छौं।’
Today marks the end of a 30 year wait for all of us at @LFC
— Paras Khadka (@paras77) June 26, 2020
It’s been an incredible journey and hope to continue this in coming days.
At the home of NEPAL FOOTBALL,where we will definately celebrate football at its best soon in coming days and cherish similar historic moments. pic.twitter.com/2W1icw4Fn6











