Kathmandu Press

पार्टीभन्दा सरकार महत्वपूर्ण भन्दै स्थायी समिति बैठकमा ओली अनुपस्थित 

काठमाडौं, असार १२ : सत्तासीन दल नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। शुक्रबार प्रधानमन्त्री निवास ....

पार्टीभन्दा सरकार महत्वपूर्ण भन्दै स्थायी समिति बैठकमा ओली अनुपस्थित 

काठमाडौं, असार १२ : सत्तासीन दल नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा ओली उपस्थित छैनन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापका अनुसार अहिले सरकारका काममा ध्यान दिनुपर्ने बेला भएको भन्दै ओली बैठकमा उपस्थित नभएका हुन्।  

बुधबार सुरु भएको बैठकमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बोलिसकेका थिए। आज बाँकी सदस्यहरुले बोल्ने छन्। स्थायी समिति बैठकमा छलफलको लागि सात वटा एजेण्डा तय गरिएको छ।
 

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्