Kathmandu Press

नाट्य संस्थाले बुझाए प्रतिष्ठानलाई ध्यानाकर्षणपत्र

काठमाडौं, असार १२ : कोरोना भाइरसको कारण कला साहित्यको क्षेत्रमा रंगमञ्च सबैभन्दा बढी प्रभावित भएको भन्दै देशभरका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत ....

नाट्य संस्थाले बुझाए प्रतिष्ठानलाई ध्यानाकर्षणपत्र

काठमाडौं, असार १२ : कोरोना भाइरसको कारण कला साहित्यको क्षेत्रमा रंगमञ्च सबैभन्दा बढी प्रभावित भएको भन्दै देशभरका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षणख पत्र बुझाएका छन्।

थिएटर हबको संयोजनमा देशभरका सक्रिय नाट्य संस्थाहरुको सहभागिता र समर्थनमा काठमाडौंमा रहेका नाटकघरसहितको नाट्य संस्थाका प्रतिनिधि तथा स्वतन्त्र रंगकर्मीहरु प्रतिष्ठान पुगेका थिए। उनीहरुले नेपाली रंगमञ्च सदैव अभिभावकत्वविहीन अवस्थाबाट गुज्रिरहेको सन्दर्भ केलाउँदै प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन्।

Hardik ivf

उनीहरुले प्रतिष्ठानका उपकुलपति हरिहर शर्मालाई नौबुँदे मागसहित संयुक्त ध्यानाकर्षणपत्र बुझाएका हुन्।

ध्यानाकर्षणपत्रमा कोरोना महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरुले नेपाली रङ्गमञ्चको प्रतिष्ठा जोगाउन अनेकन प्रयासहरु गरिरहेको भएपनि प्रतिष्ठानले भने आफूहरुलाई वेवास्ता गरेको गुनासो गरेका छन्। अहिले रङ्गकर्मीहरु संकटबाट गुज्रिरहेकाले पलायन हुने अवस्थामा समेत पुगेकोे उल्लेख गर्दै तत्काल यसतर्फ सचेत हुन प्रतिष्ठानलाई आग्रह गरेका छन्।

देशभरका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरको रङ्गकर्मीहरुको तथ्यांक राख्न, स्वतन्त्र रङ्गकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रङ्कर्मप्रति सम्बोधन गर्न पहल गर्न, स्थानीय तहसम्म रङ्गमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ।

ध्यानाकर्षणपत्र ग्रहण गर्दै उपकुलपति शर्माले समस्याको समाधानको उपाय खोजी भइरहेको बताएका छन्।  

 

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्