Kathmandu Press

गाँजासहित वडाध्यक्ष पक्राउ

बागलुङ, असार १२ : बागलुङको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन्। घरमा लुकाईछिपाई गाँजा राखेको....

गाँजासहित वडाध्यक्ष पक्राउ

बागलुङ, असार १२ : बागलुङको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन्। घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा उनलाई शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र  गाँजाको धुलोलाई ल्याब परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्