एमसीसीबारे छलफल गर्न नेकपा स्थायी कमिटीको बैठक शुरु
काठमाडौं, असार १२ : अमेरिकी सहयोग एमसीसीलगायतका विषयमा निर्णय गर्न नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ।
असार १० गतेदेखि जारी नेकपाको स्थायी ....

काठमाडौं, असार १२ : अमेरिकी सहयोग एमसीसीलगायतका विषयमा निर्णय गर्न नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ।
असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा आज विविध विषयमा छलफल हुने जनाएको छ। पहिलो दिनको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको मन्तव्य रहेको थियो।
पहिलो दिनको बैठकले कार्यसूची पनि तय गरेको थियो। त्यहिअनुसार, आज विविध विषयमा छलफल र निर्णय गर्न बैठक सुरु भएको जनाएको छ।
बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामह सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र विविध कार्यसूचीमा तय गरिएका छन्। तिनै कार्यसूचिमा छलफल हुनेछ।
कार्यसूचीका विविधमा रुकुमपश्चिमा जेठ १० गते भएको घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदको भत्ताका विषय राखिएको जनाएको छ।









-1792413548.jpeg)

