Kathmandu Press

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ प्रदर्शन हुँदै

काठमाडौं, असार १२ : बलिउड अभिनेता सुशान्त सिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म ‘दिल बेचारा’ प्रदर्शन हुने भएको छ।

रिलिज मिति त....

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ प्रदर्शन हुँदै

काठमाडौं, असार १२ : बलिउड अभिनेता सुशान्त सिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म ‘दिल बेचारा’ प्रदर्शन हुने भएको छ।

रिलिज मिति तोकेको फिल्म निर्माण युनिटले डिज्नी प्लस हटस्टारमार्फत आउँदो जुलाई २४ देखि रिलिज गर्ने छ। सुशान्तको अभिनय रहेको यो नै अन्तिम फिल्म हो।

Hardik ivf

मुकेश छाब्राको निर्देशन रहेको ‘दिल बेचारा’ हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्ट’को रिमेकका रुपमा देख्न सकिन्छ। फिल्ममा सुशान्तको साथमा सञ्जना सांघीको मुख्खय भूमिका रहेको छ।

डिज्नी प्लस हटस्टारले इन्स्टाग्राममार्फत सेयर गरिएको पोस्टरमा लेखिको छ, ‘एउटा प्रेम र आशाको कथा यो फिल्म स्वर्गीय सुशान्त सिंह राजपूतको सम्झना पनि हुनेछ। सधैंका लागि।’

फिल्मलाई निर्माण टिमले उनको अन्तिम श्रद्धाञ्जलि स्वरुप युट्युब प्रर्दशन गर्न लागेको जनाएको छ। सुशान्त यसअघि फिल्म ‘छिचोरे’मा देखिएका थिए।

 

प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्