आत्महत्या गरेका दैलेखका युवकमा कोरोना पुष्टि
सुर्खेत, असार १२ : आत्महत्या गरेका दैलेखका एक युवकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय ....

सुर्खेत, असार १२ : आत्महत्या गरेका दैलेखका एक युवकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवकको कर्णाली प्रदेश अस्पतालस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो। स्वाब परिक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।
उनी जेठ ११ गते भारतबाट आएका थिए। उनलाई १४ दिन क्वारेन्टाइनमा राखिएको थियो। त्यसपछि आरडिटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।
उनले बिहीबार आत्महत्या गरेका हुन्। दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको बताए।
यसअघि भारतबाट फर्किएकी सुर्खेत सिम्ता गाउँपालिकाकी एक युवतीले पनि आत्महत्या गरेकी थिइन्। आत्महत्यापछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।









-1792413548.jpeg)

