Kathmandu Press

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सुर्खेत अस्पताल सिल

सुर्खेत, असार १२ : स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सुर्खेतस्थित प्रादेशिक अस्पताल सिल गरिएको छ।

सुर्खेत अस्पतालका चिकित्सकस....

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सुर्खेत अस्पताल सिल

सुर्खेत, असार १२ : स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सुर्खेतस्थित प्रादेशिक अस्पताल सिल गरिएको छ।

सुर्खेत अस्पतालका चिकित्सकसहित नाै जना स्वास्थ्यकर्मीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे थियाे। अस्पतालले विज्ञप्ति जारी गरि सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ।

अस्पतालका निर्देशक डा.डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो।

सङ्क्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।

प्रकाशित मिति: १०:१६ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्