Kathmandu Press

नवलपुर, चितवन र कैलाली थप ३४ जनामा काेराेना पुष्टि

भरतपुर, असार १२ : आज चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालका अन....

नवलपुर, चितवन र कैलाली थप ३४ जनामा काेराेना पुष्टि

भरतपुर, असार १२ : आज चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालका अनुसार, आज नवलपुर, चितवन र कैलालीका नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा नवलपुरका २१, चितवनमा १२ र कैलालीका एक जना रहेका छन्।

अस्पतालका अनुसार नवलपुरको कावासोती नगरपालिकाका १४ र गैंडाकोट नगरपालिकाका सात जना रहेका छन्। उनीहरुमध्ये नवलपुरका दुई महिला छन भने अन्य सबै पुरुष हुन्।

यस्तै, चितवनका १२ जनामध्ये एक जना चितवन मेडिकल कलेजमा उपचाररत युवक रहेका छन्। अन्यमा चितवनको माडी नगरपालिकामा नौ जना, भरतपुर महानगरपालिका१६ का दुई जना तथा रत्ननगर नगरपालिका–४ का एक जना रहेका छन्।

कैलालीको गोदावरी–७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएको जनाएको छ।

बिहीबार र शुक्रबार बिहान गरेर दुई सय १४ नमुना परीक्षण गरिएको थियो। जसमध्ये एक सय ८० जनाको नेगेटिभ र ३४ जनाको पोजिटिभ आएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: ०९:४८ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्