Kathmandu Press

देशभर मनसुन सक्रिय, केही स्थानमा ठूलो पानी पर्ने सम्भावना 

काठमाडौं, असार १२ : अबको तीन दिन देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि बिहानैदेखि काठमाडौं उपत्यका सहित देशका अधिकांश ....

देशभर मनसुन सक्रिय, केही स्थानमा ठूलो पानी पर्ने सम्भावना 

काठमाडौं, असार १२ : अबको तीन दिन देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि बिहानैदेखि काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति प्रदेश १, प्रदेश २, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने ठाउँमा नदी र खोलामा बाढी आउने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुन सक्ने र खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । 

प्रकाशित मिति: ०८:१८ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्