Kathmandu Press

गण्डकीका ४ जिल्लामा थपिए थप २५ जना संक्रमित 

काठमाडौं, असार १२ : गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका नि....

गण्डकीका ४ जिल्लामा थपिए थप २५ जना संक्रमित 

काठमाडौं, असार १२ : गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.बिनोदबिन्दु शर्माले शुक्रवार बिहान विज्ञप्ति जारी गर्दै तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा २५ जनामा संक्रमित थपिएको पुष्टि गरेका हुन्। प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्ष उमेरका दुईजना पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एकजना पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो।

यस्तै, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका र कावासोती नगरपालिकामा गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ।

सम्बन्धित जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ। यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १०१ पुगेको छ । 
 

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्