Kathmandu Press

३० वर्षपछि लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि  

काठमाडौं, असार १२ : इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई....

३० वर्षपछि लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि  

काठमाडौं, असार १२ : इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले  २–१ गोल अन्तरले पराजित गर्दा लिभरपुल च्याम्पियन बनेको हो । घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे ।

सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । लिगमा ७ खेल बाँकी हुँदा २३ अंकको स्पष्ट अग्रताले लिभरपुललाई उपाधि दिलाएको हो । लिभरपुलले यसअघि सन् १९८९–९० को सिजनमा उपाधि हात पारेको थियो ।

जितसँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । पराजित भएको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३१ खेलमा ६३ अंक छ । ३१ खेलमा ५४ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।

प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्