Kathmandu Press

कोरोना संक्रमित महिलाले आइसोलेशन कक्षमै जन्माइन शिशु 

बागलुङ, असार ११ : धौलागिरी अस्पताल बागलुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाले छोरा जन्माएकी छन्। 

ढोरपाटन नगरपालिका&nd....

कोरोना संक्रमित महिलाले आइसोलेशन कक्षमै जन्माइन शिशु 

बागलुङ, असार ११ : धौलागिरी अस्पताल बागलुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाले छोरा जन्माएकी छन्। 

ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन्। धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी भएकी थिइन्। धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेशनमा भर्ना गरिएको थियो।  हालसम्म बागलुङमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।

प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्