दाईजो न्यूनीकरणका लागि ‘अध्यक्ष कन्यादान कार्यक्रम’
महोत्तरी, असार ११ : महोत्तरीको पिपरा गाँउपालिकाले दाईजो न्यूनीकरणका लागि ‘अध्यक्ष कन्यादान योजना कार्यक्रम’ ल्याएको छ।
आगा....

महोत्तरी, असार ११ : महोत्तरीको पिपरा गाँउपालिकाले दाईजो न्यूनीकरणका लागि ‘अध्यक्ष कन्यादान योजना कार्यक्रम’ ल्याएको छ।
आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले सो कार्यक्रम ल्याएको जानकारी दिए।
कार्यक्रमअन्तर्गत दाइजोका कारण आफ्नो छोरीको विवाह गर्न नसक्नेलाई गाउँपालिकबाटै सामूहिक विवाहको कार्यक्रम राखेर छोरीहरुको विवाह गरिदिने नीति ल्याएको उनले बताए।
गाउँपालिकाले प्रत्येक वडामा समानरुपले एक करोड ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार विदेशबाट फर्केर आउने युवालाई गाउँमै कृषि क्षेत्रमा चक्लाबन्दी खेती तथा बाँझो जग्गालाई खनजोत गरी कृषिकार्यमा लगाउन कृषि आधुनिकीकरण योजना ल्याएको छ।
बुधबार सम्पन्न छैटौँ गाउँसभाले ४७ करोड २१ लाख ५८ हजार ६ सय रुपैयाँको बजेट प्रस्ताव गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिए।











