आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ
काठमाडौं, असार ११ : दैलेखमा बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पतालमा गरि....

काठमाडौं, असार ११ : दैलेखमा बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुल्लु नगरपालिका १० का २१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।
गत जेठ ११ मा भारतबाट दैलेख आएका युवक स्थानीय पञ्चकोसी माध्यामिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए।
बुधबार घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको युवकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो। अस्पतालले पीसीआर परीक्षण नगरी पोष्टमार्टम गर्न नमानेपछि उनको स्वाब संकलन गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो।
क्वारेन्टाइनबाट घर पठाउनुअघि गरिएको आरडीटी परीक्षणमा उनको एन्टिबडी नेगेटिभ देखिएको थियो।









-1792413548.jpeg)

