Kathmandu Press

कर्णाली प्रदेशमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ११ : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयो....

कर्णाली प्रदेशमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ११ : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको हो।

सुर्खेतमा गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको छ। जुम्लामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको हो। 

समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार ७२ मध्ये ३९ जना कर्णाली प्रदेशका होइनन्।

योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ७ पुगेको छ।

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्