Kathmandu Press

उपत्यकाका तीन जिल्लामा थपिए ९ कोरोना संक्रमित

काठमाडौं, असार ११ : उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

ललितपुरको पाटन अस्पतालमा गरिएको परीक....

उपत्यकाका तीन जिल्लामा थपिए ९ कोरोना संक्रमित

काठमाडौं, असार ११ : उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए। 

त्यस्तै  त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण पुष्टि भएको हो। 

देशभर पछिल्लो २४ घन्टामा ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कुल ११ हजार १ सय ६२ जना संक्रमण पुष्टि भएको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १२ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार ६ सय ५० जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

गत २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हनुेको संख्या २६ पुगेको छ।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्