Kathmandu Press

ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असार ११ : कोरोना भाइरसको संक्रमणको कारण पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। 

बिहीबार बिहान ७ बजेतिर ५० वर्षीय पु....

ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असार ११ : कोरोना भाइरसको संक्रमणको कारण पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। 

बिहीबार बिहान ७ बजेतिर ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

अस्थाई घर  चितवन भएका पुरुष ललिपुरको महालक्ष्मी स्थान बस्दै आएका थिए। उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि उनको पाटन अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो।

आजै पोखरास्थित गण्डकी अस्पतालमा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्