Kathmandu Press

धर्नामा बसेका दलित नेतालाई प्रहरीले गरेको धरपकडकाे राष्ट्रियसभामा विराेध 

काठमाडौं, असार ११ : राष्ट्रियसभाको बैठकमा सांसदले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध....

धर्नामा बसेका दलित नेतालाई प्रहरीले गरेको धरपकडकाे राष्ट्रियसभामा विराेध 

काठमाडौं, असार ११ : राष्ट्रियसभाको बैठकमा सांसदले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन्।

आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका प्रकाश पन्थले सोती घटनाका दोषीलाई  कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाइएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि दिलकुमारी रावल, तुलसाकुमारी दाहाल र मायाप्रसाद शर्माले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेलगायत  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, असार ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्