Kathmandu Press

काठमाडौंको टोखामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं, असार ११ : काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहर....

काठमाडौंको टोखामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं, असार ११ : काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना  खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेका हुन्। श्रीमती हत्याको आरोपमा बिहीबार बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

बुधबार राति करिब १ बजेको समयमा श्रीमान श्रीमतीबीच विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। सलिनाको घटनास्थलमै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्