लागुऔषध ओसारपसारमा संलग्न प्रहरी निरीक्षक पक्राउ
काठमाडौं, असार ११ : लागुऔषधको कारोबारमा संलग्न देखिएको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई प्रहरीले पक्र....

काठमाडौं, असार ११ : लागुऔषधको कारोबारमा संलग्न देखिएको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले उनलाई बिहीबार कार्यालयबाटै पक्राउ गरेको हो।
बुधबार पेप्सिकोलास्थित एक घरबाट बरामद भएको ६ सय ५० बोतल लागुऔषध ओसारपसारमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

