Kathmandu Press

चट्याङ लागेर हेटौंडामा दुईको मृत्यु, एक घाइते

हेटौंडा, असार ११ : अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिक....

चट्याङ लागेर हेटौंडामा दुईको मृत्यु, एक घाइते

हेटौंडा, असार ११ : अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का  बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङ रहेका छन्। सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै स्थानीय १४ वर्षीय किरण जिम्बाको सोही स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ।

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्