Kathmandu Press

देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असार ११ : देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असार ११ : देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वागमती  र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद् सविना शाक्यले बताइन्। 'बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।' उनले भनिन्।

प्रदेश १, २, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, २, ५, वागमती, गण्डकी  तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, असार ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्