पाल्पाका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ११ : पाल्पामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार थप ३१ ज....

काठमाडौं, असार ११ : पाल्पामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार थप ३१ जनामा संक्रमण पुष्टि भएको हो।
तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका तीनजना पुरुषसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
आज बिहान पनि भरतपुर अस्पतालले सूचना प्रकाशित गरि पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको थियो।
योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३७२ पुगेको छ।
प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

