Kathmandu Press

कोरोना संक्रमितको मृत्यु भएपछि गण्डकी अस्पताल सिल

पोखरा, असार ११ : कोरोना संक्रमितको मृत्यु भएपछि पोखराको गण्डकी अस्पताल सिल गरिएको छ।

बिहीबार बिहानैदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्....

कोरोना संक्रमितको मृत्यु भएपछि गण्डकी अस्पताल सिल

पोखरा, असार ११ : कोरोना संक्रमितको मृत्यु भएपछि पोखराको गण्डकी अस्पताल सिल गरिएको छ।

बिहीबार बिहानैदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकश्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ। अस्पतालमा उपचारत कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको थियो। स्याङ्जाका ५५ वर्षीय पुरुष केही दिनदेखि अस्पतालको आइसोलेसनमा उपचारत थिए।

उनको शव शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिए।

स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा  मधुमेह र निमोनियाको समेत समस्या थियो। उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते  पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो।

डा.आचार्यका अनुसार आज शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ।

गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जाको वालिङ–३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। आज बिहान चार जिल्लाका ११ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमित सात सय ५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उपचाररत सङ्क्रमितमध्ये गण्डकीमा ९१ जना निको भएर घर फर्किसकेका छन्। (रासस)

प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्